
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका पाँचजना किसानलाई भीमदत्त प्रदेश उत्कृष्ट कृषकका रूपमा सम्मान गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले धनगढीमा मंगलबार एकजनालाई भीमदत्त प्रदेश सर्वोत्कृष्ट कृषक र चारजनालाई भीमदत्त प्रदेश उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरेको हो ।
व्यावसायिक केराखेती गर्दै आएका कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५, का किसान अर्जुन जेठारालाई यस वर्षको भीमदत्त सर्वोत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।
उनलाई एक लाख ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरे ।