मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २ शुक्रबार १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरिबाट १३ जना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २ शुक्रबार १४:३२:oo

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ। चन्द्रागिरि– ११ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका– ११ घर भएका ४२ वर्षीय साइँला गोलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा गाेलेसहित १३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख २८ हजार २६५ रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।