मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025
२o८२ श्रावण २ शुक्रबार १४:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मटिहानीमा विशेषज्ञसहितको एकदिने नि:शुल्क स्वास्थ्य शिविर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २ शुक्रबार १४:३४:oo

महोत्तरीको मटिहानी नगरपालिका– ९, सिमरदहीस्थित स्वास्थ्य चौकीमा नेपाली सेनाको गोरखनाथ गण  र मटिहानी नगरपालिकाले संयोजन गरेको विशेषज्ञसहितको एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएकाे छ । शिविरमा स्थानीय बिरामीहरूको उल्लेख्य उपस्थिति रहेकाे थियाे । 

सामान्य उपचार तथा प्रसूति सेवा स्थानीय स्वास्थ्य चौकीमै उपलब्ध भए पनि विशेषज्ञसहितको विशेष स्वास्थ्य सेवा र औषधिसमेत निःशुल्क पाएपछि स्वास्थ्य जाँच गराउन भिड देखिएको हो ।  विशेषज्ञ सेवा पहुँचबाट टाढा रहेका स्थानीय बासिन्दालाई लक्षित गरी आयोजित उक्त शिविरमा जनरल फिजिसियन, स्त्री रोग, बालरोग, कान-नाक-घाँटी तथा दन्त रोग विशेषज्ञहरूले स्वास्थ्य सेवा प्रदान गरेका थिए।

शिविरमा नेपाली सेनाको फिल्ड अस्पताल बर्दीबास र प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीले प्राविधिक सहयोग पुर्‍याएका थिए। फिल्ड अस्पतालबाट एक तथा प्रादेशिक अस्पताल जलेश्वरबाट ६ जना विशेषज्ञ चिकित्सकले बिरामी जाँचेका छन् । 

मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मण्डलले स्वास्थ्य शिविरबाट गाउँका गरिब, असहाय तथा आर्थिक रूपमा उपचार गराउन नसक्ने विपन्न  नागरिकहरूलाई स्वास्थ्य लाभ लिन मद्दत पुग्ने बताए ।