मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २ शुक्रबार
  • Friday, 18 July, 2025
ब्रजेश खनाल
२o८२ श्रावण २ शुक्रबार o९:१८:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

रविका लागि लेखक ब्रजेश खनालले लेखे कविता

Read Time : < 1 मिनेट
ब्रजेश खनाल
नयाँ पत्रिका
२o८२ श्रावण २ शुक्रबार o९:१८:oo

म परिवर्तनको बीज हूँ

तिमीहरूले
खर्च गरीगरी 
आफ्नो श्रम र समय
मलाई पुर्न खाल्डो खन्यौ

तर, 
तिमीहरूले पुरेको माटोमुनि
म त बलिया जरा पो हाल्दैछु
मौलाउँदैछु, फैलँदैछु, टुसाउँदैछु
अंकुरित हुँदैछु म

हेरिराख न, तिमीहरूले हेर्दाहेर्दै
म तिमीहरूको कैदको सतह उधिनेर
उम्रिनेछु, अल्गिनेछु भोलि
अडिनेछु दह्रो, 
बलियो र विशाल बनेर
जसलाई हल्लाउन सक्दैनन्
तिमीले चलाएका हल्लाहरूले
जसलाई निहुराउन सक्दैनन्
तिमीले उत्पन्न गरेका
कृत्रिम आँधीबेहरीले

किनकि
तिमीहरूलाई थाहा छैन
तिमीहरूले खाल्डोमा हालेर
पुर्न खोजेको
म त एउटा
परिवर्तनको बीज हूँ ।