मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 19 July, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १८:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १८:३५:oo

पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ५४ जनाको मृत्यु भएको सरकारको विपत् एजेन्सीले बताएको छ । यो सँगै जुनको अन्त्यमा मनसुनी वर्षाका कारण मृतकको संख्या करिब एक सय ८० पुगेको छ ।

बुधबार बिहानदेखि पन्जाब प्रान्तका केही भागमा मुसलधारे वर्षा हुँदा सहरी बाढी निम्त्याएको छ । राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी सहर हुँदै बग्ने नदीनजिकै बस्ने बासिन्दाहरूलाई पानीको सतहमा तीव्र वृद्धि भएपछि खाली गर्न आदेश दिइएको छ।

'पछिल्लो २४ घण्टामा पाकिस्तानभरि ५४ जनाको मृत्यु भएको छ र दुई सय २७ जना घाइते भएका छन्, अधिकांश मृत्यु पन्जाबबाट भएको रिपोर्ट गरिएको छ,' राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणका प्रवक्ताले एएफपीलाई भने।

जुन २६ मा मनसुन सुरु भएदेखि ७० बालबालिकासहित करिब एक सय ८० जनाको मृत्यु भएको र करिब पाँच सयजना घाइते भएको प्रवक्ताले बताए। राष्ट्रिय मौसम विभागले शुक्रबारसम्म भारी वर्षा जारी रहने चेतावनी दिएपछि रावलपिन्डी सरकारले मानिसहरूलाई घरमै राख्न बिहीबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

'जोखिमपूर्ण क्षेत्रका बासिन्दाहरूले आपतकालीन अवस्थामा तीनदेखि पाँच दिनसम्म खाना, पानी र आवश्यक औषधिहरूसहितको आपतकालीन किटहरू तयार गर्नुपर्दछ,' सरकारले भनेको छ । सन् २०२२ मा मनसुनी बाढीले देशको एकतिहाइ भाग डुबाएको थियो र एक हजार सात सयजनाको मृत्यु भएको थियो।