मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025
२o८२ श्रावण १ बिहीबार १७:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार १७:oo:oo

यहाँको रामपुर नगरपालिका–५ स्थित भम्बकका प्रेमबहादुरसिं ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन्। 

उनले गत वर्ष करिब ६ हजारबराबरको बिरुवा बिक्री गरेका थिए। यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ। ठकुरीले विगत तीन वर्षदेखि अरबी जातको बिरुवा उत्पादन गरिरहेका छन्। प्रतिबिरुवा रु. ४० का दरले फार्मबाटै धमाधम बिक्री भइरहेको उनले बताए। नर्सरीमा दुई हजार ५०० बिरुवा बिक्री गर्न बाँकी रहेको उनले जानकारी दिए। 

यहाँ उत्पादन भएका बिरुवा पाल्पा, स्याङ्जा, पर्वतलगायतका जिल्लामा खपत हुने गरेको छ। बिरुवा राखेको १४ महिनामा लगाउन योग्य हुने गर्छ। ठकुरीले आफ्नै घरमा अर्गानिक चिया तथा कफी उद्योगसमेत सञ्चालन गर्दै आएका छन्।