मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १ बिहीबार
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण १ बिहीबार १६:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कीर्तिपुर क्रिकेट रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण १ बिहीबार १६:o६:oo

प्रधानमन्त्री केपी ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताएका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री ओलीले तोकिएको समयमा निर्माण सम्पन्न नगरेको भन्दै ठेकेदार कम्पनीलाई अहिले हर्जाना तिर्दै काम अघि बढाइएको उल्लेख गरेका छन्।

‘तीन सिफ्टमा काम गर्दा पनि वर्षालगायत अन्य प्राविधिक कारणले ढिलाइ भएको हुन सक्छ । तर, अहिले सरकारले जसरी पनि काममा नतिजा निकाल्न र थिति बसाल्न दण्ड तथा पुरस्कारको व्यवस्था गरेको छ, यो सकारात्मक थालनी हो,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘सरकारी निर्माणसम्बन्धी भइरहेका अन्य काममा पनि यसलाई पालना गराउन लागेका छौँ ।’