
नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी न्युजिल्यान्डको क्लवमा आवद्ध भएकी छिन् । बिहीबार वेलिंगटन फिनिक्स फुटबल क्लबले एक विज्ञप्ति जारी गर्दै सावित्रासँग दुई वर्षको सम्झौता गरेको बताएको छ। यो क्लव न्युजिल्याण्डको भएपनि क्लवले अष्ट्रेलियाको लिग खेल्दै आएको छ ।
यसअघि सावित्राले फ्रान्सको महिला लिग खेलेकी थिइन् । दुई सिजन फ्रान्स खेलेकी सावित्राले त्यसअघि इजरायलमा खेलेकी हुन् । त्यसअघि उनले भारतीय लिग खेलेकी थिइन् ।