मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ठेकेदार कम्पनीलाई दैनिक दुई लाखभन्दा बढी जरिवाना​

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:५९:oo

सहरी विकास मन्त्रालयले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिको काम समयमै नसक्ने ठेकेदार कम्पनीलाई जरिवाना लगाएको छ । तोकिएको मितिमा काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई सम्झौताअनुसार हर्जना लगाइएको मन्त्रालयले जनाएको छ । सम्झौताअनुसार ठेकेदार कम्पनीले योजनाको कुल रकमको ०.०५ प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । जुन करिब दैनिक दुई लाखभन्दा बढी हुने मन्त्रालयले जनाएको छ । 

प्यारापिट बनाउन बिकेओआई केसिडिसी बिजीको ज्वाइन्ट भेन्चर कम्पनी (जेभी) ले गत १९ फागुन र फ्लडलाइट जडानका लागि विसन ईश्वरी जेभीले २२ फागुनमा मन्त्रालयको मातहतमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग सम्झौता गरेका थिए । प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता भएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।​ 

कार्यकाल प्रमुख चक्रवर्ती कण्ठले ३० असारमै ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने बताए । ‘३० असारमै निर्माण कम्पनीहरूलाई पूर्वनिर्धारित क्षतिपूर्ति (हर्जना)बारे जानकारी गराइसकेका छौँ । मंगलबारदेखि उहाँहरू दैनिक हर्जना तिरेर काम गरिरहनुभएको छ । अब काम नसक्दासम्म दैनिक हर्जना लाग्नेछ,’ उनले भने ।

निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिबद्धता जनाएको थियो । अहिले चार हजार सिट फिटिङ र ६ फ्लडलाइटमध्ये तीनवटाको पोल कम्पनीले ल्याएको छ । प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय प्रगति र ४५ प्रतिशत भौतिक प्रगति भएको छ ।