मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मिडफिल्डर लाकेन कम्बोडियन लिगमा आबद्ध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२५:oo
  • नेपालका मिडफिल्डर लाकेनले कम्बोडियाको शीर्ष डिभिजन क्लब किरिभोङसँग एक वर्षको सम्झौता गरे

नेपाली राष्ट्रिय टोलीका युवा मिडफिल्डर लाकेन लिम्बू कम्बोडियाको शीर्ष डिभिजन क्लब किरिभोङ सोक सेन चे एफसीमा अनुबन्ध भएका छन् । सोके र लाकेनबिच एक वर्षको सम्झौता भएको क्लबले जनाएको छ । उनी आबद्ध क्लब गत सिजन १० क्लबमध्ये नवौँ भएको थियो । पछि पुछारका पाँच क्लबको प्लेअफमा तेस्रो भएको थियो ।

नेपाली राष्ट्रिय टोलीका उदीयमान मिडफिल्डर लाकेनले यसअघि भारतको आई लिग क्लब दिल्ली एफसी खेलेका थिए । उनी नेपाल सुपर लिग फ्रेन्चाइज क्लब झापा एफसीका मार्की खेलाडी हुन् । 

कम्बोडियाको क्लबमा आबद्ध भएपछि लाकेनले लामो प्रतीक्षापछि कम्बोडियन क्लबसँग सम्झौता भएको बताएका छन् । ‘कम्बोडियन क्लबमा आबद्ध हुन व्यग्र प्रतीक्षा गरेको थिएँ,’ उनले सोसल मिडियामा भनेका छन्, ‘त्यहाँको माथिल्लो डिभिजन क्लबबाट प्रतिस्पर्धा गर्न पाउँदा ज्यादै खुसी लागेको छ ।’ 

लाकेन लगातार चार वर्षदेखि नेपालमै खेलिरहेका छन् । सिंगापुरमा हुर्केका लाकेनसँग नेपाल र भारतका क्लबबाट खेलेर अनुभव छ । उनले आफ्नो अनुभव नयाँ टोलीका लागि सहयोगी हुने बताए । ‘मेरो अनुभव नयाँ क्लबमा प्रयोग हुनेछ, त्यहाँ सेन्ट्रल मिडफिल्डको भूमिकामा खेल्नेछु,’ उनले भने, ‘क्लबको सफलतामा योगदान दिने र नयाँ सहकर्मी भेट्न उत्सुक छु ।’ 

सिंगापुरमा हुर्केका लाकेन

२२ वर्षीय लिम्बू सिंगापुरमा हुर्किएका हुन् । उनले युवा अवस्थामै सिंगापुरमै फुटबल खेले । त्यसपछि उनी नेपाल फर्किएर व्यावसायिक फुटबल यात्रा सुरु गरे । उनले छोटो समयमै नेपाल राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । पछिल्लो दुई वर्षदेखि निरन्तर अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका छन् । राष्ट्रिय टोलीबाट एएफसी छनोट खेलमा एक गोल गरेका छन् । उनले ‘इमर्जिङ प्लेयर अफ दी सिजन’को उपाधि पनि जितेका छन् । लाकेनले थ्री स्टार, मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइजबाट ‘ए’ डिभिजन लिग खेलेका छन् । उनले भारतको आई–लिग क्लब दिल्लीमा एक सिजन बिताएका थिए ।

‘किरिभोङको प्रतिनिधित्व गर्नु मेरा लागि ठुलो सम्मानको कुरा हो । म नेपाल र भारतमा चार वर्षदेखि व्यावसायिक फुटबल खेलिसकेको छु,’ उनले भने । उनले राष्ट्रिय टोलीबाट अहिलेसम्म १६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले सन् २०२३ मा फिलिपिन्सविरुद्ध डेब्यु गरेका थिए । थ्री स्टारमा रहँदा उनले ३४ खेलमा तीन गोल गरेका थिए । यसैगरी, दिल्ली एफसीबाट १२ खेल खेले । नेपाल सुपर लिगमा झापाका लागि ६ खेलमा उनले एक गोल गरेका थिए ।