मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन कम्पनीको लाभांश पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:३७:oo

तीन कम्पनीका साधारणसभाले लाभांशसहित विभिन्न प्रस्ताव पारित गरेका छन् । सोमबार सम्पन्न लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) (एलआइसी), एसियन लाइफ इन्स्योरेन्स र युनाइटेड अजोड इन्स्योरेन्सका छुट्टा–छुट्टै सभाले यी प्रस्ताव पारित गरेका हुन् । 

एलआइसीको साधारणसभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (करसहित) पारित गरेको छ । त्यसैगरी एसियन लाइफको साधारणसभाले ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (करससहित) पारित गर्नुका साथै पाँचजना स्वतन्त्र सञ्चालक पनि चयन गरेको छ ।

त्यस्तै, युनाइटेड अजोडको सभाले पनि १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत कर तथा नगद लाभांश पारित गरेको छ । साथसाथै १०.१ अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि अनुमोदन भएको छ ।