
जुवातास खेलिरहेको अवस्थामा पाँच जुवाडेलाई चार बुक तास र ७३ हजार ४१० रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७, फेदी बस्ने ४१ वर्षीय विनोद गुरुङ, ५३ वर्षीय धीरबहादुर गुरुङ, ४७ वर्षीय कृष्णबहादुर गुरुङ, माछापुच्छ्रे–८, ल्वाङघलेल बस्ने ४० वर्षीय ४० का चन्द्रमान तामाङ र पोखरा महानगरपालिका–२५, सुइखेत बस्ने ४० वर्षीय गंगाबहादुर थापा रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार माछापुच्छ्रे–७, फेदीमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट मंगलबार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा सोमबार पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।