मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:१५:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:१५:oo

सन् २००६ : ज्याक डोर्सी, इभान विलियम्स र विज स्टोनले माइक्रोब्लगिङ सेवा ट्विटर सार्वजनिक गरे । एक दशकमै यो ३० करोड प्रयोगकर्ता बनाउन सफल भयो । अर्बपति एलन मस्कको स्वामित्वमा आएपछि यसको नाम एक्स राखिएको छ ।

सन् १८८३ : आफ्नो समयका चर्चित सर्कस प्रदर्शक चाल्र्स स्ट्रटोन (जो विश्वभर जनरल टम थम्बका नामले परिचित थिए)को आजकै दिन ४५ वर्षको उमेरमा मृत्यु भयो ।

सन् १९२२ : सन् १९८८ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार जितेका लियोन म्याक्स लेडरम्यानको जन्म दिन ।

सन् १९७८ : अमेरिकन गायक तथा गीतकार बब डाइलनले बेलायतमा दुई लाख मानिससामु प्रदर्शनी दिए ।

सन् १९८८ : चर्चित थ्रिलर फिल्म डाई हार्ड अमेरिकामा सार्वजनिक भयो ।

सन् १९९७ : इटालियन फेसन डिजाइनर गियानी भरसेकलाई सिरियल किलर एन्ड्रयु कुनानले हत्या गरे ।