मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

त्रिवि क्रिकेट मैदान समयमै नबनेपछि सरकारलाई प्रचण्डको प्रश्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४६:oo
  • प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो क्याबिनेटको बैठकबाटै तीन सय दिनभित्रै त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिटले पूर्णता पाउने निर्णय गरेका थिए, तर मिति सकिँदा पनि निर्माण कार्यले अझै पूर्णता पाएन

पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको निर्माण समयमै नबनेपछि सरकारलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभामा सोमबार बोल्दै प्रचण्डले केपी ओलीको नेतृत्वमा रहेको सरकारले तीन सय दिनभित्रै फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने गरेको घोषणा पूरा नहुँदा प्रश्न उठाएका हुन् । 

‘जोडियो त फ्लडलाइट ? बन्यो त प्यारापिट ?’ उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुईतिहाइको सरकार बनेपछि उहाँले प्रतिष्ठाकै विषय बनाउँदै पहिलो निर्णय नै तीन सय दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गर्नुभयो । तर, आज एक वर्ष बित्यो ।’

प्रचण्डले प्रतिनिधिसभामा राखेको प्रश्न गरेलगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालबाट त्यसको उत्तर फर्काएका छन् । ओलीले प्रचण्डलाई मैदानमा गएर उपलब्धि हेर्न सुझाव दिएका छन् । ‘बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ । तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नुभएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन,’ ओलीको प्रतिप्रश्न रह्यो । 

थप भएको दुई महिनाको समय सकियो
ओलीले आप्mनो पहिलो क्याबिनेटको बैठकबाटै तीन सय दिनभित्रै त्रिवि क्रिकेट मैदानले पूर्णता पाउने निर्णय गरेका थिए । तर, त्रिवि क्रिकेट मैदानको निर्माण कार्य सुस्तगतिमा भइरहेको छ । सरकारले ९० दिनमा पहिलो चरण काम सकिने भनिएको थियो । समयमै काम नसकिएपछि गत वैशाखमा दुई महिनाको समय थप भयो । अहिले थप भएको समय गत साता नै सकिएको थियो । सरकारले अहिले फेरि मिति थप्ने तयारी गरिरहेको छ । हाल मैदानमा प्यारापिट बनाउने र कुर्सी जडान गर्ने काम चलिरहेको छ । तर, मैदानको अर्को महत्वपूर्ण काम फ्लडलाइटको जडान काम निकै सुस्त छ ।

प्रचण्डले आफू सरकारमै हुँदा फ्लडलाइट जडान गर्ने तयारी सुरु गरे पनि सरकारबाट बाहिरिनुपर्दा पूरा गर्न नसकेको बताए । उनको समयमा त्रिवि मैदानमा डिजिटल स्कोरबोर्ड जडान भएको थियो । ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरमा रहेको क्रिकेट रंगशाला निर्माणको काम अघि बढेको थियो । फ्लडलाइट जडान गर्न ठेक्का पनि भयो । तर, त्यही वेला हामी सरकारबाट बाहिरिनुपर्‍यो,’ प्रचण्डले भने ।

फ्लडलाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६५३ रुपैयाँमा ठेक्का पाएको छ । प्यारापिटका लागि बिकेओआई–केसिडिसी–बिजी जेभी, टंगालले ४३ करोड ७७ लाख ३० हजार १३ रुपैयाँको ठेक्का पाएको छ ।