मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
Invalid date format ११:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनसरीमा गोली प्रहार गरी सालीको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o५:oo

सुनसरीको हरिनगरा गाउँपालिका– ६, घुस्कीमा भिनाजुले गोली प्रहार गरी सालीको हत्या गरेका छन् । आफ्नै भिनाजुले सालीमाथि गोली प्रहार गर्दा १८ वर्षीया अर्सी खातुनको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार बिहान करिब २ बजे भारतको अररिया जिल्ला घर भएका करिब २८ वर्षीय भिनाजु आजाज मियाँले सालीको टाउकोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार २ बजे घटना भए पनि करिब पौने तीन बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

गोली प्रहार गरेपछि मियाँ फरार छन् । उनलाई पक्राउ गर्नका लागि प्रहरी सक्रिय रहेको र सीमानाकामा चेकजाँचमा समेत कडाइ गरिएको तिम्सिनाले जानकारी दिए । 

मियाँ आपराधिक पृष्ठभूमिको रहेको र उनी पटकपटक भारतको विभिन्न ठाउँबाट चोरी अभियोगमा पक्राउ परिसकेको उनले जानकारी दिए । उनका अनुसार भारतीय प्रहरीसँग समेत समन्यव भइरहेको र मियाँको घर पत्ता लागिसकेको छ ।