
थाई राजनीतिमा देखिने गतिरोध प्रायः एउटै तरिकाले अन्त्य हुने गर्छ, सैन्य ‘कु’मार्फत । थाइल्यान्ड बारम्बार सैन्य ‘कु’ हुने विश्वको एक मात्र मध्यम आयुक्त देश हो । सन् १९३२ मा निरंकुश राजतन्त्रको अन्त्यपछि त्यहाँ एक दर्जनभन्दा धेरैपटक सैन्य विद्रोह भइसकेको छ, जसमध्ये दुईवटा त पछिल्लो २० वर्षभित्रै भए । अहिले थाई नागरिक पुनः देशमा अर्को ‘सैन्य कु’को छाया देख्न थालेका छन् । जुलाई १ मा देशको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्रालाई निलम्बन ग¥यो । अदालतले पेटोङ्टार्नविरुद्ध परेको मुद्दाको फैसला नआएसम्म उनी आफ्नो नियमित काम गर्न नसक्ने बताएको थियो ।
जुलाई १ को संवैधानिक अदालतको निर्णयअघि दुई महत्वपूर्ण घटना भएका थिए । जुन १८ मा सत्तारूढ गठबन्धनको दोस्रो ठुलो दलले सरकार छाड्यो र विपक्षमा गयो । त्यस कदमपछि सत्तारूढ गठबन्धनसँग ५०० सिट भएको तल्लो सदनमा झिनो बहुमत मात्र कामय छ । त्यसपछि जुन २८ मा हजारौँ मानिसहरूले बैंककमा प्रधानमन्त्रीको बर्खास्तीको माग गर्दै जुलुस निकाले । केही थाई नागरिकले यी दुई घटनामा पुरानो सैन्य ‘कु’अघिको परिस्थितिको झल्को पाइरहेका छन् ।
सन् २००६ मा सेनाले ‘कु’ गरेर पेटोङ्टार्नका व्यापारी पिता थाक्सिन सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटाएको थियो । त्यसको १० वर्ष नबित्दै पुनः सन् २०१४ मा पेटोङ्टार्नकी सानिमा यिनलक सिनावात्रालाई अदालतले पदच्युत ग¥यो । अदालतले यिनलकलाई पदच्युत गरेको दुई हप्तापछि सेनाले सत्ता हातमा लिएको थियो । दुवै अवसरमा सैन्य कुअघि प्रधानमन्त्रीविरुद्ध अदालतको प्रतिकूल फैसला आएको थियो । संसदीय गतिरोध चर्किएको थियो र सरकार विघटन गर्नुपर्ने माग गर्दै सडकमा प्रदर्शन भएका थिए ।
सन् २००६ मा सेनाले ‘कु’ गरेर पेटोङ्टार्नका व्यापारी पिता थाक्सिन सिनावात्रालाई प्रधानमन्त्री पदबाट हटाएको थियो । त्यसको १० वर्ष नबित्दै पुनः सन् २०१४ मा पेटोङ्टार्नकी सानिमा यिनलक सिनावात्रालाई अदालतले पदच्युत गर्यो । अदालतले यिनलकलाई पदच्युत गरेको दुई हप्तापछि सेनाले सत्ता हातमा लिएको थियो ।
तथापि, यसपटक थाइल्यान्ड अर्को अस्थिरताका लागि तयार छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस देशविरुद्ध ३६ प्रतिशत भन्सार लगाउने बताएका छन् । राजनीतिक समस्यामा अल्झिएकाले प्रधानमन्त्री पेटोङ्टार्नको सरकारले जुलाईको सुरुवातसम्म अमेरिकासँग वार्ता सुरु गरेको थिएन । जबकि, अन्य देशले अमेरिकासँग महिनौँ लामो वार्ता गरिरहँदासमेत आशातीत सहमति गर्न नसकेको स्थितिमा थाइल्यान्डलाई झन् गाह्रो छ । थाई निर्यात उद्योगीहरू सस्तो चिनियाँ सामानहरूको बिगबिगीसँग संघर्ष गरिरहेका छन् । त्यस्तै थाइल्यान्ड घुम्न आएका चिनियाँ पर्यटकहरूलाई अपहरण गरी छिमेकी म्यानमारका ‘स्क्याम’ केन्द्रमा बेचिएको घटनाले समग्र पर्यटन क्षेत्र नै प्रभावित छ । यी समस्यामाझ मे महिनामा, एक थाई सैनिकले कम्बोडियन सीमारक्षकलाई मारेपछि कम्बोडियासँगको पुरानो सीमा विवाद बल्झियो ।
त्यही सीमा विवाद पेटोङ्टार्नको निलम्बनको तत्कालीन कारण बन्न पुग्यो । पेटोङ्टार्नले कम्बोडियासँग विवाद सल्टाउन त्यहाँका पूर्वप्रधानमन्त्री हुनसेनलाई फोनवार्ता गरेकी थिइन् । (दुई वर्षअघिदेखि कम्बोडिया सरकारको नेतृत्व हुनसेनका छोराले गरिरहे पनि वास्तविक शक्ति अझै हुनसेनसँगै रहेको मानिन्छ ।) बाहिरिएको फोन रेकर्डिङमा, पेटोङ्टार्नले ज्ञछ
सीमाको जिम्मेवारी पाएका थाई जनरलको आलोचना गरेको सुनिन्छ । अझ फोनवार्तामा पेटोङ्टार्नले हुनसेनलाई ‘काका’ भनेर सम्बोधन गरिन्, जसलाई धेरै थाईहरूले देशलाई कमजोर देखाएको रूपमा लिए । उनलाई पदबाट हटाउन संवैधानिक अदालतमा दायर निवेदनमा उक्त फोनवार्तामा स्पष्ट नैतिक नियमको उल्लंघन भएको दाबी गरिएको छ ।
तर, थाई संस्थापनको सिनावात्रा परिवारप्रतिको आक्रोशको जरा भने योभन्दा धेरै गहिरो छ । सन् २००१ मा थाक्सिन पहिलोपटक प्रधानमन्त्ती चुनिएपछि उनले आफ्ना विभिन्न कम्पनीलाई नियमन गर्ने नोकरशाही र एजेन्सीहरूलाई मिलाउने प्रयास गरेका थिए । त्यतिवेला सो कार्यको आलोचना गर्ने मिडियामाथि प्रतिबन्ध लगाइएको थियो । राजाले अप्रत्यक्ष रूपमा ती अभ्यासको आलोचना गरेका थिए । त्यसवेला राजा र थाक्सिनबिचको विवादले सेना र व्यापारिक नेताबिच लामो कालदेखि हालसम्म जारी झगडाको आधार तयार पारेको थियो ।
देशका रुढीवादी अभिजात वर्गले थाक्सिनको लोकप्रियवादी राजनीतिक अभियानले गाउँका विपन्न वर्गमाझ समर्थन हासिल गरेको कुराप्रति घृणा गर्थे । कुबाट थाक्सिन हटाइएपछि पनि सन् २००७ र सन् २०११ मा भएका चुनावमा उनकै दल विजयी भएबाट उनीहरूप्रति घृणा बढ्यो । थाक्सिनविरुद्ध कैयौँ आपराधिक मुद्दा दायर गरिए । ती आरोपबाट बच्न थाक्सिन देशबाहिर रहन थाले । सन् २०११ को चुनावमा उनको दल विजयी भएपछि बहिनी यिनलकको नेतृत्वमा सरकार बन्यो । यिनलकले आफ्नो कार्यकालमा थाक्सिनलाई दोषमुक्त गर्ने प्रयास गरेकी थिइन् । सेनाले यिनलकलाई सत्ताच्युत गर्ने एउटा कारण यो पनि थियो ।
सन् २०१४ मा सत्ता हातमा लिएपछि जुन्ताले नयाँ संविधान बनायो । संविधानका प्रावधान नै थाक्सिन र उनको दललाई सधैँका लागि सत्ताबाट बाहिर राख्ने गरी बनाइएको थियो । देशको उत्तर–पूर्वी भेगमा थाक्सिनको जनाधार रहेको क्षेत्रको सिट घटाउने गरी निर्वाचत क्षेत्र तथा प्रणाली बदलिएको थियो । तर, यस परिवर्तनले उनीहरूले नसोचेको नयाँ खतरा सिर्जना भयो । हाल पिपुल्स पार्टी भनेर चिनिने नयाँ उदारवादी दल झन् ठुलो रुढीवादीविरोधी शक्तिको रूपमा उदायो । सन् २०१९ मा १८ प्रतिशत जनमत पाएको दलले सन् २०२३ मा ३८ प्रतिशत मत प्राप्त गरेको थियो ।
पिपुल्स पार्टीले एकाधिकारवादी व्यापारिक अभ्यास अन्त्य गरिनुपर्ने, सेनाको बजेट कटौती गर्नुपर्ने र राजतन्त्रको आलोचना गर्नेविरुद्धको कठोर कानुनमा सुधार हुनुपर्ने आह्वान गरेको छ । सन् २०२३ मा भएको पछिल्लो निर्वाचनमा पार्टीले तल्लो सदनमा सबैभन्दा धेरै सिट जितेको थियो । तर, सशस्त्र सेनाद्वारा मनोनीत थाइल्यान्डको निर्वाचित सिनेटले पार्टीलाई सरकार गठन गर्न रोक्यो । नयाँ उदारवादी शक्तिको उदयबाट स्तब्ध सेना समर्थक दलहरूले पहिले अकल्पनीय मानिएको काम गरे । सेना समर्थित दलले संसद्को दोस्रो ठुलो दल थाक्सिन नेतृत्वको फेउ थाईसँग मिलेर गठबन्धनमा सरकार बनाए ।
यस गठबन्धन बनेपछि थाक्सिन स्वनिर्वासनबाट स्वदेश फर्किने बाटो खुल्यो । दरबार र सेनालाई थाक्सिन पुनः राजनीतिमा सक्रिय नहुने र शान्त जीवन बिताउनेछन् भन्ने भान पारिएको थियो । तर, भित्रभित्रै थाक्सिन थाई राजनीति र विदेश नीतिमा आफूलाई पुनः प्रभावशाली बनाउन व्यस्त थिए । यो कुरा खुलेपछि शताब्दीको सुरुवातदेखि उनीसँग लडिरहेको रुढीवादी संस्थापनले त्यसलाई पचाउन सकेन । त्यसैले अहिले पुनः एकपटक सिनावात्रा परिवारको प्रभावलाई मेटाउने प्रयास सुरु भएको छ । यसै शृंखलामा पेटोङ्टार्नलाई निलम्बन गरिएकै दिन थाक्सिनविरुद्ध राजतन्त्रको अपमान गरेको मुद्दा ब्युँताइयो । यदि संवैधानिक अदालतले पेटोङ्टार्नविरुद्ध फैसला सुनायो भने पेटोङ्टार्नको सरकार टिक्ने सम्भावना छैन ।
त्यसोभए नयाँ अवस्थामा कसले शासन गर्नेछ ? धेरैको नजर व्यापारी अनुतिन चार्नविराकुलमाथि छ । उनी गत महिना सरकारबाट बाहिरिएको पार्टी भुमजैथाईको नेतृत्व गरिरहेछन् । अनुतिनले आफूलाई देशको सर्वोच्च पदमा गद्दिसीन गर्ने जोकोहीसँग काम गर्न सक्छन् । उनको पार्टीलाई तल्लो सदनमा बहुमत कायम राख्न थाक्सिन वा पिपुल्स पार्टीमध्ये एकको समर्थन चाहिन्छ ।
पिपुल्स पार्टीका नेता नथाफोङ रुएङपान्यावुतले भने तत्काल चुनावको वाचा गर्ने व्यक्तिलाई प्रधानमन्त्रीका रूपमा समर्थन गर्ने बताएका छन् । तर, पिपुल्स पार्टीबाहेक सबै दल भने आगामी चुनावमा सिट घट्ला भनेर चिन्तित छन् । थाक्सिनको दलका एकथरी मतदाता विगतमा सत्ता गठनका लागि सेनासँग सम्झौता गरेकोमा रुष्ट छन् । उता रुढीवादी मतदाता भने सैन्य समर्थित दलहरूले थाक्सिनसँग सत्तासाझेदारी गरेकोमा क्रुद्ध छन् । यसबिच अर्को कुको चिन्ता बढेको छ । सेनासँग थाक्सिनको लोकप्रियतावादी दल वा नथाफोङ नेतृत्वको पिपुल्स पार्टीमध्ये एक छनोट गर्नेबाहेक अर्को विकल्प छैन । तर, उनी दुवै दलसँग सहकार्य गर्न अनिच्छुक छन् । एक दर्जनपटकको ‘कु’ले पनि जनरलहरूलाई खुसी बनाउने राजनीतिक प्रणाली दिन सकेको छैन । त्यसैले उनीहरूहरूले फेरि अर्को विद्रोहका प्रयास नगर्लान् भन्ने निश्चित छैन ।
– द इकोनोमिस्टबाट