मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Thursday, 31 July, 2025
२o८२ श्रावण १४ बुधबार १५:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गैँडाकोटको आगो तीन घण्टापछि नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार १५:५४:oo

नवलपुरको गैँडाकोट नगरपालिका– ११ हर्कपुरमा रहेको बगैँचा एडभेन्चर रिसोर्टमा लागेको आगो नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार होटेलमा लागेको आगो करिब तीन घण्टामा नियन्त्रणमा लिइएको हो। बिहान १० बजेतिर लागेको आगो दिउँसो १ बजेतिर नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट करिब २० करोडको क्षति भएको रिसोर्टका सञ्चालक सन्तोष धितालले बताए। प्रहरीले भने क्षतिको विवरण संकलन भइरहेकाले यकिन तथ्यांक आइनसकेको जनाएको छ। प्रहरी नायब उपरीक्षक मधु नेपालले भने, ‘यकिन तथ्यांक आइपुगेको छैन। विवरण संकलनको काम भइरहेको छ।’

चितवनको भरतपुर महानगरपालिका र नवलपुरको कावासोती नगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय क्षति भने भएको छैन।

आगलागीको कारण स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ। रिसोर्ट सञ्चालक धितालले भने किचनबाट वा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरेका छन्।