मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २९ आइतबार o५:५o:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : घाँटीबाट नछिर्ने भोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार o५:५o:oo

पण्डित मदनमोहन मालवीयको व्यक्तित्व अत्यन्त प्रभावशाली थियो । उनको प्रभावशाली व्यक्तित्वका कारण उनी जहाँ पुग्थे, त्यहाँ लगभग चमत्कारै हुन्थ्यो । उनको व्यक्तित्व, विचार र बौद्धिकताका कारण उनका निकै प्रशंसक थिए । उनी जहाँ पुग्थे, त्यहाँ उनका नयाँ–नयाँ प्रशंसक पनि थपिन्थे । उनीहरूमध्ये कसैकसैले त उनलाई आफनो घरमा विभिन्न अवसर पारेर निमन्त्रणा पनि दिने गर्थे ।

एकपटक एकजना धनी मानिसले उनलाई आफनो घरमा छोराको विवाह समारोमा आयोजित विशाल भोजमा सम्मिलित हुन निमन्त्रणा दिए । निम्तो पाएपछि मालवीयले ती सेठलाई आभार प्रकट गरे तर उनले तत्कालै नम्रतापूर्वक उनको आग्रह अस्वीकार गरिदिए र भने, ‘यो तपाईंको अत्यन्त ठुलो कृपा हो, जसले मजस्तो एउटा मामुली मानिसलाई आफनो घरमा आयोजना गरिने भव्य भोजमा सम्मिलित हुने निमन्त्रणा दिनुभयो । यो मेरो जीवनकै ठुलो सौभाग्य हो । यसका लागि म तपाईंप्रति हार्दिक आभारी छु ।

तर, म यो भोजमा सम्मिलित हुन भने असमर्थ छु । जब मेरो यस देशका लाखौँ दाजुभाइ भोकै छन, उनीहरू एक छाक मात्र खाएर दिन गुजारिरहेका छन भने यस्तो वेलामा म विविध व्यञ्जनले परिपूर्ण ठुल्ठुला भोजमा कसरी सम्मिलित हुन सक्छु ? तपाईंको भोजमा तयार हुने स्वादिस्ट भोजन मेरो घाँटीबाट छिर्दैन ।’

मदनमोहन मालवीयको यो मर्मस्पर्शी वाक्यले महाजनमा निकै ठुलो प्रभाव पार्‍यो । उनले छोराको बिहेमा आयोजना हुने भोज रद्द गरे र सो भोजमा खर्च हुने सम्पूर्ण धन गरिबको कल्याणार्थ दान दिए ।