मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २९ आइतबार
  • Sunday, 13 July, 2025
२o८२ असार २९ आइतबार १५:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालिका बलात्कारको आरोपमा बालगृहका अधिकृत पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २९ आइतबार १५:o६:oo

बालगृहमा आश्रय लिएकी एक किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा मकवानपुबाट बालगृहका प्रमुख अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका– ३ मा सञ्चालित बालगृहका प्रमुख अधिकृत मधुसुदन राउत छन् ।

अधिकृत राउतलाई प्रहरीले काठमाडौंको काँडाघारी क्षेत्रबाट पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ । सांग्रिला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको उक्त बालगृहका ४८ वर्षीय प्रमुख राउतले बालगृहमा बस्दै आएकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको किशोरीले दिएको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको छ र आइतबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ । प्रहरीका अनुसार पीडित किशोरी चार वर्षदेखि सो बालगृहमा बस्दै आएकी थिइन् । 

पीडित किशोरीका बाबुको केही वर्षअघि दुर्घटनामा मृत्यु भएको र आमा सम्पर्कविहीन भएपछि उनी मामाघरकी हजुरआमासँग बस्दै आएकी थिइन् । मामाघरको समेत कमजोर आर्थिक अवस्थाका कारण पछिल्लो समय उनी उक्त बालगृहमा बस्दै आएकी थिइन् । ती किशोरीले ८ असारमा आफूलाई बालगृह प्रमुख राउतले पटकपटक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । धम्की र मानसिक दबाबमा राखेर पटक–पटक जबर्जस्ती गरेकोे पीडित किशोरीले दाबी गरेकी छिन् ।
उनको उजुरीपछि छानबिन थालिएको र अभियोग लागेका राउतलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए । बालगृहमा हाल १५ जना बालिका रहेका छन् । घटना सार्वजनिक भएपछि बालगृहको व्यवस्थापन, सुरक्षास्थिति तथा सञ्चालन प्रक्रिया प्रश्नको घेरामा परेको छ । बालगृहमा रहेका अन्य बालबालिकाको अवस्थाबारे पनि थप अनुसन्धान सुरु गरेको प्रवक्ता अर्यालले बताए ।