मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फेरि माधव नेपाल र वामदेव गौतम एक हुने, साउन २ गते एकताको घोषणा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:३७:oo

नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा एकता राष्ट्रिय अभियानबिच पार्टी एकता गर्ने सहमति भएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकता अभियानका संयोजक वामदेव गौतमलगायत नेताहरूबिच भएको छलफलबाट पार्टी एकता गर्ने सहमति भएको हो ।

राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेकाले नेपालको कम्युनिस्ट आन्दाेलनकाे एकता अपरिहार्य रहेको दुई पार्टीको बुझाइ छ । साउन २ गते राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भएको शुक्रबार विज्ञप्ति जारी गरी जनाइएको छ ।