मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o९:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रेमा बुद्धचित्त माला लुटपाट गर्ने तीन युवा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२२:oo

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका– १०, रेशम मार्गस्थित भवानी पाण्डेको घरको कम्पाउन्डमा रहेको बुद्धचित्त माला चोरी गरेको आरोपमा तीनजना युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ । गत असार २१ गते राति साढे १ बजे पाण्डेको कम्पाउन्डमा प्रवेश गरी बद्धचित्त माला चोरी भएको थियो ।

उनीहरूले माला चोरी गरी जुत्ता छोडेर भागेका थिए । जुत्ता र घटनास्थलको सिसिटिभी फुटेजको आधारमा बनेपा नगरपालिका– ८ बाट पक्राउ गरेको प्रहरीले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार माला चोरीको आरोपमा महाभारत गाउँपालिका– ४ का १९ वर्षीय विवेक लामा, सोही स्थानका २० वर्षीय मिलन मोक्तान र महाभारत गाउँपालिका– ३ का लबाङ तामाङ पक्राउ परेका छन् । 

उनीहरू तीनैजनालाई चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दायर भई जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।