
सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसविरुद्ध सुरु गरेको हस्ताक्षर अभियानमा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले समेत ऐक्यबद्धता जनाएका छन्। बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर उनले अभियानको पक्षमा हस्ताक्षर गरेका हुन्।
लामिछानेविरुद्ध बदनियतपूर्वक मुद्दा चलाइएको उनको भनाई छ । ‘यसमा जून किसिमले मुद्दा चल्यो नि, त्यसमा म केही खेल देख्छु, कानुनी आँखाबाट म बदनियतपूर्ण मुद्दा अभियोजन भएको छ । त्यसको म आधार दिन्छु ।’
हस्ताक्षर गरेपछि सञ्चारकर्मीसँग बोल्दै उनले भने,सहकारीपीडितका रुपमा जाहेरी दिनेले दरखास्त नै नहालेको भनेर बताएको छ, यो मुद्दामा प्रहरीले नै पुर्नविचार गर्नुपथ्र्याे । निर्दाेष मान्छे एक मिनेट पनि जेल पर्नु हुँदैन ।’
जनताले रास्वपालाई स्वीकारेकोको उनको भनाई छ । उनले भने,‘नेपाली जनताले अल्टरनेटिभ पोलिटिकल पार्टी(वैकल्पिक राजनीतिक दल) खोजिरहेका थिए, अहिले रास्वपाले जसरी नेतृत्व गरेको छ, त्यसलाई शुभकामना छ, त्यहीकारण म यहाँ हस्ताक्षर गर्न आएको हुँ ।’
बिहीबार नै अभिनेत्री मनिषा कोइरालाले पनि लामिछानेविरुद्ध भएको प्रतिशोधको विरुद्ध ऐक्यबद्धता जनाएकी छिन्।
रास्वपाले राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई थुनिएको भन्दै देशव्यापारी रुपमा त्यसविरुद्ध हस्ताक्षर अभियान चलाइरहेको छ ।