मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 11 July, 2025
Invalid date format १६:१८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बागलुङमा बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१८:oo

अविरल वर्षाका कारण मंगलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका- ९, पैयुँथन्थापमा करिब एक अर्ब चार करोड रुपैयाँबराबरको क्षति पुर्‍याएको छ। पैयुँथन्थाप- ९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्‍याएको छ।

जलविद्युत् आयोजना बगाउँदा झन्डै दुई करोड रुपैयाँबराबरको क्षति भएको जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले बताए। आयोजनामा क्षति पुग्दा त्यस ठाउँका १२२ घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन्।

बाढीले सोही ठाउँमा ३५ लाख खर्चेर निर्माण गरिएको पुल बगाएको छ। केन्द्रीय विद्युत् प्रसारणलाइनको ‘ट्रान्सफर्मर’मा समेत क्षति पुर्‍याएको छ। यस्तै, खेतीयोग्य जमिन बगरमा परिणत भएको छ।

वार्षिक आठ सयदेखि एक हजार मुरी धान उत्पादन हुने खेत बगरमा परिणत भएको उपप्रमुख शर्माले बताए। बाढीका कारण ६ घर पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय कुलबहादुर थापा, टेकबहादुर थापा, खड्गबहादुर थापा, केयरसिंह थापा, पहलसिंह थापा र खेमबहादुर थापाको घर पहिरोको उच्च जोखिममा परेको हाे।

बाढीले ठेउलेका पाँच घर जोखिममा परेका छन्। दुई गोठमा पूर्ण क्षति भएको छ। टेकबहादुर र खड्कबहादुरको गोठमा क्षति पुर्‍याएको छ। टेकबहादुरको गोठमा रहेको एक गोरु मरेको छ।  बाढीले कुश्मीसेरा-पैयुँथन्थाप-राङखानी हुँदै बरेङ जाने सडकसमेत अवरुद्ध भएको छ।

त्यस ठाउँका १० वटा सिँचाइ कुलोमा क्षति पुगेको छ। विभिन्न क्षति मूल्यांकन गर्दा करिब एक अर्ब चार करोड रुपैयाँबराबर क्षति भएको अनुमान गरिएको उपप्रमुख शर्माले जानकारी दिए। रासस