मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार २६ बिहीबार १५:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालेनद्वारा कार्यपालिका बैठक आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार १५:४२:oo

लामो समयदेखि बजेट प्रक्रियामा देखिएको गतिरोधपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यपालिका बैठक आह्वान गरेका छन्। महानगरका सञ्चारविज्ञ सुरेन्द्र बजगाईँका अनुसार कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको हो ।

कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईँले जानकारी दिए । उक्त बैठकलगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइएको हो । बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ ।