मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २६ बिहीबार o९:३८:oo
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार o९:३८:oo

सन् १८०६ : इस्ट इन्डिया कम्पनीको शासनविरुद्ध उठेको ‘सिपाई विद्रोह’को पहिलो उभार ‘भेलोर विद्रोह’का रूपमा आजकै दिनबाट सुरु भएको थियो । 

सन् १९१३ : विश्वको औपचारिक तथ्यांकअनुरूप सबैभन्दा उच्च तापक्रम ५६.७ डिग्री सेल्सियस आजकै दिन क्यालिफोर्निया राज्यको डेथ भ्यालीस्थित ‘ग्रिनल्यान्ड र्‍यान्च’ वा फर्नान्स क्रिक र्‍यान्च’मा मापन भयो । 

सन् १९१८ : सोभियत संघको सबैभन्दा ठुलो हिस्सा रुसी सोभियत संघीय समाजवादी गणतन्त्रको गठन भयो । 

सन् १९१९ : अमेरिकी राष्ट्रपति विड्रो विल्सनले पहिलो विश्वयुद्ध अन्त्य गर्नेसम्बन्धी सम्झौता ‘भर्साय सन्धि’ आफ्नो देशको सिनेटमा पेस गरे । 

सन् १९२३ : इटालीको सत्तामा पुगेका फासीवादीहरूले सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाए । 

सन् १९२५ : सोभियत संघमा सरकारी समाचार एजेन्सी ‘तास’ गठन भयो, जन संघ विघटन भएपछि पनि क्रियाशिल छ । 

सन् १९३४ : सत्तारूढ अमेरिकी राष्ट्रपतिको पहिलो दक्षिण अमेरिका महादेश भ्रमणका क्रममा फ्यांकलिन डी रुजबेल्ट कोलम्बिया पुगे । 

सन् १९४७ : बेलायतका तत्कालीन प्रधानमन्त्री क्लिमेन्ट एट्लीले मोहम्मद अली जिन्नाहलाई भावी पाकिस्तानको पहिलो गर्भनर–जनरल सिफारिस गरे । 

सन् १९९१ : सोभियत नेता मिर्खाइल गोर्बाचेभको ‘पेरेस्ट्रोइका’ नीतिअनुरूप सत्तारूढ गैरकम्युनिस्ट नेता बोरिस यल्तसिन रुसी महासंघको पहिलो निर्वाचित राष्ट्रपति बने । 

सन् २०११ : ब्रिटिस ट्याबलोइड पत्रिका ‘न्युज अफ द वर्ल्ड’ प्रकाशित हुन थालेको १६८ वर्षपछि आजकै दिन अन्तिम संस्करण छापिएर बन्द भयो । ‘फोन ह्याकिङ प्रकरण’पछि पत्रिका बन्द भएको थियो ।   

सन् २०२० : छैटौँ शताब्दीमा चर्चका रूपमा बनेको ‘हागिया सोफिया’ पुन: मस्जिदमा घोषणा भयो । सन् १९३४ मा देशका सस्थापक नेता मुस्तफा अतातुर्कले संग्रहालय घोषणा गर्नुअघि सन् १४५३ देखि लगातार मस्जिद नै थियो ।

सन् २०२३ : ‘नेचर मेडिसिन’ जर्नलले अघिल्लो वर्ष चलेको हिट–वेभ (तातो लहर)का क्रममा युरोपभरमा ६१ हजार मानिसले ज्यान गुमाएको अध्ययन प्रकाशित गर्‍यो ।