मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Thursday, 10 July, 2025
हदिश खुद्दार जनकपुरधाम
२o८२ असार २६ बिहीबार o९:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मधेश प्रदेश सरकारको बजेट साढे ७१ प्रतिशत खर्च

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार o९:२६:oo

मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष ०८१/८२ मा ७१ प्रतिशतभन्दा बढी रकम खर्च गरेको छ । २५ असार राति १२ बजेसम्म कुल बजेटको ७१.४४  प्रतिशत बजेट खर्च गरेको प्रदेशकाे अर्थ मन्त्रालयले जनाएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय मधेश प्रदेशले जनाएअनुसार चालूतर्फ ६४.६४ र पुँजीगततर्फ ७५.१४ प्रतिशत खर्च भएको छ ।

चालू आर्थिक वर्षमा प्रदेश सरकारको कुल रहेको ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रहेकोमा २५ असार राति १२ बजेसम्म ३१ अर्ब ३७ करोड ५२ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार अर्थ मन्त्रालयले ८३.३६ प्रतिशत र सबैभन्दा कम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३४.०६ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यसैगरी, भौतिक पुर्वधार मन्त्रालयले ७८.२०, वन तथा वातावरण मन्त्रालय ७७.४५, खेलकुद तथा समाज कल्याण मन्त्रालय ६९.३१, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय ७५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४३.५५ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यसैगरी, शिक्षा तथा संस्कृति मन्त्रालय ७७.३१, उद्याेग, वाणिज्य तथा पर्यटन मन्त्रालय ७३.६५, गृह, सञ्चार तथा कानुन मन्त्रालय ७२.२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ६५.५३ र श्रम तथा यातायात मन्त्रालयले ३८.१९ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । गत आर्थिक वर्ष ०८०/८१ मा मधेश प्रदेश सरकारले  कुल बजेटको ५५.७५ प्रतिशत खर्च गरेको थियो । त्यसैगरी, आर्थिक वर्ष ०७९/८० मा मधेश प्रदेश सरकारले ५७.४२ प्रतिशत बजेट खर्च गरेको थियो ।