
बलात्कार कसुरमा पुर्पक्षमा सजाय भोगिरहेका एकजना कैदीबन्दीको जिल्ला कारागार मोरङमा बुधबार साँझ मृत्यु भएको छ । बलात्कार कसुरमा ११ मंसिर २०८१ देखि पुर्पक्षका लागि कैदमा रहेका विराटनगर महानगरपालिका– ५ घर भएका ४० वर्षीय सन्तोष पालको उपचारका क्रममा २५ असार साँझ मृत्यु भएको हो ।
मृत्यु भएका बन्दी पाललाई शरीर सुन्निने र सास फेर्न गाह्रो पर्ने समस्या थियो । उनलाई कारागार प्रशासनले १२ असार देखि उपचारका लागि कोशी अस्पताल भर्ना गराएकाे जेलर गौरव ढुंगेलले जानकारी दिए । बन्दी पालको शव परिवारले जिम्मा लिइसकेका छन्।