
नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गएराति आएको भीषण बाढीमा फसेका नौजनाको सकुशल उद्धार गरिएको छ । सम्पर्कविहीन भएका ३७ जनामध्ये २२ जना सुरक्षित ठाउँमा सकुशल रहेको र अन्य १५ जना अझै सम्पर्कविहीन रहेको रसुवाका सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकोप्टर तयारी अवस्थामा रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकोप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकोप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको छ ।