
नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा गएराति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड) मा राखिएका गाडी बगाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
उनले बाढी आएपछि भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसेको जानकारी दिए । हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गर्न नेपाली सेनालाई अनुरोध गरिएको र बाढीले के–कति क्षति पुर्यायो भन्ने सम्बन्धमा तथ्यांक संकलन भइरहेको पनि उनले जानकारी दिए ।
यस्तै, रसुवागढी हाइड्रोका कर्मचारीसमेत बाढीको चपेटामा परेका कारण उद्धारका पर्खाइमा रहेको उक्त आयोजनाले जनाएको छ ।