१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका जनकपुरधाम
२o८२ असार २३ सोमबार १९:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

किर्ते र जलसाजी मुद्दामा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार १९:११:oo

दुई महिनादेखि किर्ते र जलसाजी मुद्दामा फरार रहेका जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई प्रहरीले पक्राउ गरेको छ।

परिषद्का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर किर्ते गरी चारजना बर्खास्त गरेको अभियोगमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए। साह ढल्केबरबाट आज सोमबार पक्राउ परेका हुन्।

अध्यक्ष साहले आफ्नो हस्ताक्षर किर्ते गरी कर्मचारी बर्खास्त गरेको भन्दै गत २८ चैतमा कार्यकारी निर्देशक पासवानले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए। त्यसपछि विधि विज्ञान प्रयोगशालाबाट सो हस्ताक्षरको परीक्षणपश्चात् जिल्ला अदालत धनुषाले २५ वैशाखमा साहलाई पक्राउ गर्न आदेश दिएको थियो। आदालतको आदेशलगत्तै साह फरार भएका थिए।

रेडियो जनकपुरका सञ्चालकसमेत रहेका साहले हस्ताक्षर किर्ते गरी प्रशासन अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी, नासुद्वय मदन चौधरी र संजय मण्डललाई बर्खास्त गरेका थिए।

पक्राउ  परेका साहलाई थप अनुसन्धान गर्न म्याद थपको लागि जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ। नेकपा एकीकृत समाजवादीको सिफारिसमा साह बृहत्तर जनकपुरका अध्यक्ष नियुक्त भएका थिए।