
पूर्वराजा ज्ञानेन्द्र शाह ७९औँ वर्षमा प्रवेश गरेका छन् । सोमबार शाहको ७९औँ जन्मउत्सव निर्मलनिवासमा धुमधामका साथ मनाइँदै छ ।
शाहको जन्म २००४ साल असार २३ मा नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो छोराकाे रूपमा भएको थियो । राजगद्दीका उत्तराधिकारी नभए पनि उनी आफ्नो जीवनकालमा दुईपटक राजा भए ।
पूर्वराजाको जन्मदिनमा आज निर्मलनिवास सर्वसाधारणका लागि खुला गरिएको छ । बिहानैदेखि निर्मलनिवासबाहिर शुभेच्छुकहरू जम्मा हुन थालेका थिए । राजावादी प्रमुख दल राप्रपाले पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनलाई आन्दोलनकै रूपमा मनाउने निर्णय गरेको छ र यसमा सहभागी हुन पार्टी पंक्तिलाई अपिलसमेत गरेको छ ।
यसैबिच, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा शाहलाई ७९औँ जन्मोत्सवको शुभकामना दिएका छन् । बिहान निर्मलनिवासमा पुगेर लिङ्देनले पूर्वराजालाई शुभकामना दिएका हुन् । यस्तै, पूर्वराजालाई राप्रपाका अन्य नेता तथा कार्यकर्ताले पनि शुभकामना दिएका छन् ।
हेर्नुस् तस्बिरहरू :