१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:४३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रोटोन इमासको नयाँ सोरुम थापाथलीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:४३:oo

शंकर ग्रुपको जगदम्बा मोटर्सले काठमाडौंको अटोमोटिभ हब मानिने थापाथलीमा प्रोटोन इमासको नयाँ सोरुम स्थापना गरेको छ । आइतबार आयोजित कार्यक्रबिच इमासका ग्राहकसमेत रहेका गायक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ र जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री तथा निर्माता केकी अधिकारीले सोरुमको उद्घाटन गरे ।

‘हामी थापाथलीमा सोरुम खोल्न पाउँदा हर्षित छौँ, जुन हामीले आगामी वर्ष स्थापना गर्ने योजना बनाएका धेरै सोरुमहरूमध्ये यो पहिलो हो,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक गुप्ताले भने, ‘हाम्रो उद्देश्य जगदम्बा मोटर्सबाट लगभग २५ प्रोटोन इमास सोरुम खोल्ने हो । यी सोरुमहरू कम्पनीको स्वामित्वमा रहने र कम्पनीद्वारा सञ्चालित हुनेछन्, ताकि प्रत्येक ग्राहकले प्रोटोन इमास छनोट गर्दा उत्कृष्ट सेवा र अनुभव प्राप्त गर्न सकून् ।’

कार्यक्रममा गायक श्रेष्ठले इमास मोडेलसँगको आफ्नो अनुभव र सन्तुष्टि साझा गर्दै भने, ‘यो मेरो र मेरो परिवारका लागि उत्तम गाडी हो, यसको ड्राइभिङ अनुभव अरू कसैसँग तुलना गर्न सकिँदैन र साँच्चै विद्युतीय सवारी हो ।’ 

सोरुम उद्घाटनको विशेष कार्यक्रममा कम्पनीले प्रोटोन इमास–७ पाँच ग्राहकलाई हस्तान्तरणसमेत गरेको थियो । ब्रान्डकी नयाँ ग्राहक अभिनेत्री केकी अधिकारीले भनिन्, ‘मैले गाडी चलाउनेबित्तिकै मलाई यो गाडी मन पर्‍यो, मैले यसलाई नेपालमा शंकर ग्रुपले ल्याएको थाहा पाएपछि नै यो किन्ने निर्णय गरेँ ।’