
सिजी इलेक्ट्रोनिक्सले सिजी मेरिडिया ५५ इन्च कराओक क्युएलइडी टिभी सार्वजनिक गरेको छ । यसले नेपाली बजारमा पहिलोपटक डिस्प्ले विथ बिल्ट इन कराओके इन्टरटेनमेन्टलाई एकैसाथ ल्याएको कम्पनीले जनाएको छ ।
सिजीको लेभल अप अभियानअन्तर्गतको विकसित यो प्रविधिशील टेलिभिजन अब केवल हेर्ने मात्र होइन, गाउने, रमाउने र आफैँलाई प्रस्तुत गर्ने एक निजी स्टेज बन्न गइरहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यो केवल प्रविधि होइन, नेपाली दर्शकका लागि तयार पारिएको एक नयाँ जीवनशैली अनुभव हो ।
उच्चस्तरको डिस्प्लेलाई इनबिल्ट कराओके प्रणालीसँग मिलाएर एउटा यस्तो उत्पादन ल्याइएको छ जसले प्रयोगकर्तालाई गाउने, रमाउने र आफ्नै घरभित्रै परिवार तथा प्रियजनसँग आफ्नो सेक्रेट रकस्टार उजागर गर्न प्रेरित गर्छ । ‘सिजीले सधैँ नेपाली बजारमा नवीनतम प्रविधि ल्याउने लक्ष्य राखेको छ र मेरिडिया यस यात्राको अर्को ऐतिहासिक पाइला हो,’ कम्पनीको भनाइ छ ।