
सन् १८०७ : रुसी र पर्सियालीमाथि नेपोलियनको विजयपछि फ्रान्स र रुसबिच टिलसिट सन्धिमा हस्ताक्षर ।
सन् १९४१ : तटस्थ देश भए पनि अमेरिकाले आइसल्यान्डमा आफ्ना सेना पठाएको थियो । जर्मनीको हस्तक्षेपबाट जोगाउन भन्दै अमेरिकाले आफ्नो फौज पठाएको थियो ।
सन् १९७८ : सोलोमन टापु स्वतन्त्र राष्ट्र बन्यो ।
सन् २००५ : सुनियोजित आत्मघाती बम हमलाका कारण लन्डनको ट्रान्जिट प्रणाली प्रभावित । हमलामा ३९ जनाको मृत्यु हुनुका साथै सात सयभन्दा बढी घाइते भएका थिए ।
सन् २०१९ : अमेरिकी महिला फुटबल (सोसर) टिमले नेदरल्यान्डलाई पराजित गरेर चौथो विश्वकप विजेता बन्यो ।