१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
२o८२ असार २३ सोमबार १२:२o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिक्री घटेपछि चल्ला उत्पादन बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार १२:२o:oo

नेपाल ह्याचरी उद्योग संघले सोमबारदेखि यही असार २९ गतेसम्म कुखुराको चल्ला उत्पादन तथा बिक्री–वितरण बन्द गरेको छ ।

संघमा आबद्ध उद्योगीलाई ब्रोइलर र कलर ब्रोइलर (कोइलर) कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्ण रूपमा रोक लगाएको हो । चल्ला उत्पादक किसानले लागतअनुसार मूल्य नपाएपछि संघले एक साता उत्पादन तथा बिक्री–वितरण बन्द गरेको जनाएको छ ।

संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार उत्पादित चल्ला र मासुले मूल्य नपाएपछि एक साताका लागि उत्पादन बन्द गरिएको हो ।

उनले भने, ‘व्यवसायीले चल्लाको उत्पादन मूल्यभन्दा कममा बेच्नुपर्ने र बिक्री नै नहुने अवस्थामा पुगेपछि अहिलेको अवस्था आएपछि हामीले चल्ला उत्पादन बन्द गरेका हौँ ।’ अहिले नेपालमा ५३ ह्याचरी उद्योग सञ्चालनमा रहेका छन् ।

कोभिड अघिसम्म ३७० को हाराहारीमा उद्योग सञ्चालनमा रहेका थिए । नेपालमा अहिलेको बजार खपत सातामा २० लाखदेखि २२ लाख रुपैयाँ मात्रै रहेको भए पनि उत्पादन भने सातामा ३० देखि ३५ लाख हुने गरेको छ । मागभन्दा उत्पादन बढी भएपछि समस्या आएको हो ।

चल्ला बिक्री नहुँदा सञ्चालनमा रहेका ह्याचरी उद्योगसमेत धराशायी भएका छन् । उत्पादित चल्ला १० देखि १५ रुपैयाँमा बेच्नुपर्ने भएपछि उद्योग बन्द गरिएको हो ।

ब्रोइलर चल्लाको लागत मूल्य ६० रुपैयाँ पर्न आउँछ । हरेक आइतबार र बुधबार ब्रोइलर र कोइलरका चल्ला उत्पादन गरिँदै आएको छ ।