१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २२ आइतबार
  • Sunday, 06 July, 2025
२o८२ असार २२ आइतबार १४:o३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

टेक्ससमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार २२ आइतबार १४:o३:oo

अमेरिकाको टेक्सस राज्यमा मुसलधारे वर्षाका कारण आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म ५० पुगेको छ । उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी गरिरहेका छन् । 

मध्यटेक्ससमा समुदायहरूमा पानी बढेपछि धेरै आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ, ग्वाडालुप नदी बाढीका कारण मात्र ४५ मिनेटमा २६ फिट (आठ मिटर) ले बढेको थियो । केर काउन्टीको ग्रिष्मकालीन शिविरमा सयौँ मानिस बसिरहेका समय आएको बाढीका कारण ठुलो संख्यामा मानवीय हताहत भएको हो ।

बाढी प्रभावित क्षेत्रका सेरिफ ल्यारी लेइथाले भने, ‘हामीले केर काउन्टीमा ४३ जना मृतकलाई उद्धार गरेका छौँ । तीमध्ये २८ जना वयस्क र १५ जना बालबालिका छन् ।’  अन्य काउन्टीहरूमा पनि बाढीको असर परेको र धेरै पीडितहरू फेला परेका छन् । बाढीका कारण अहिलेसम्म (आइतबारसम्म) मृत्यु हुनेहरूको संख्या ५० पुगेको छ ।

टेक्सस डिपार्टमेन्ट अफ इमर्जेन्सी म्यानेजमेन्टका प्रमुख निम किडले वायु, स्थल र जल सेनाले ग्वाडालुप नदीको किनारमा बेपत्ताहरूको खोजी कार्य जारी राखेका छन् । 

उनले भने, ‘बेपत्ता भएका सबै नभेटिँदासम्म उनीहरूको खोजी जारी रहनेछ ।’ टेक्ससका गभर्नर ग्रेग एबोटले आफूले राज्यको विपत् घोषणालाई विस्तार गरिरहेको र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग थप संघीय स्रोतको अनुरोध गरिरहेको बताएका छन् ।  उपराष्ट्रपति जेडी भान्सले शनिबार उक्त विपत्तिलाई ‘नबुझिने खालको त्रासदी’को संज्ञा दिएका छन् ।