१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल लगातार च्याम्पियन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o७:oo

नेपालले एसिसी यू १६ इस्ट जोन कपको उपाधि जितेको छ। शनिबार मलेसियामा भएको फाइनलमा सिंगापुरलाई दुई विकेटले हराउँदै नेपालले लगातार उपाधि जितेको हो। यसअघि नेपालले मलेसियालाई हराउँदै उपाधि जितेको थियो। नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय १४ रनको लक्ष्य प्रस्तुत गर्यो । विपिन शर्माको कप्तानीमा रहेको  नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा जित निकालेको हो। नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले। सिवन्स बजगाईंले २० रन बनाए । यसअघि सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए। उनले‌ ९० भन्दा धेरै बल खेलेका थिए। रिहान नाइकले १५ रन बनाए।

अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए। त्यस्तै, सुशीलबहादुर रावलले पनि तीन विकेट लिए। शुभम् खनालले दुई तथा कप्तान विपिनप्रसाद शर्माले एक विकेट लिएका थिए।