१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालले पाकिस्तान र  बंगलादेश ‘ए’सँग खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१३:oo

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पाकिस्तान र बंगलादेशको ‘ए’ टिमसँग खेल्ने भएको छ । अस्ट्रेलियाको उत्तरी क्रिकेट संघले आगामी अगस्टमा अस्ट्रेलियामा हुने टप इन्ड टी–२० सिरिजमा नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्न जनाएको छ । टी–२० सिरिजमा सहभागी हुन पाकिस्तान र बंगलादेशका क्रिकेट बोर्डले निश्चित गरिसकेका छन् । 

‘१४ देखि २४ अगस्टसम्म आयोजना हुने टप इन्ड टी–२० सिरिजमा पाकिस्तान र बंगलादेश ‘ए’को सहभागिता रहने पक्का भएको छ,’ संघले उल्लेख गरेको छ । यसैगरी, नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाले आयोजना गर्ने टी–२० सिरिजमा नेपाली टोलीले ६ वटा खेल खेल्ने जानकारी दिएको छ । टप एन्ड टी–२० सिरिजमा पाकिस्तानको ‘ए’ टोलीले लगातार तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । सन् २०२३ मा बंगलादेशले भाग लिएको थियो । क्यानले टी–२० सिरिजलाई अर्को वर्ष आइसिसी टी–२० पुरुष विश्वकपको तयारीको रूपमा लिएको छ । 

‘टी–२० विश्वकपअन्तर्गत एसियन छनोटको तयारी रूपमा नेपालले टप एन्ड टी–२० सिरिज खेल्नेछ,’ क्यानले जनाएको छ । पाकिस्तान साहिन्स र बंगलादेशको ‘ए’ टोलीमा विभिन्न अन्तर्राष्ट्रिय खेलमा सहभागी खेलाडीले भाग लिनेछन् । 

प्रतियोगितामा नेपालसहित चार अन्तर्राष्ट्रिय टोली, ६ अस्ट्रेलियाका राज्य प्रतिनिधित्व गर्ने घरेलु टोली र स्थानीय एन्टी स्ट्राइकसहित कुल ११ टोलीले भाग लिनेछन् । टी–२० खेल डिएक्ससी एरेना, टिआइओ रंगशाला र काजाली एरेनामा हुनेछ । अस्ट्रेलियाको मैदानमा प्रतिस्पर्धा गर्नु नेपाली खेलाडीका लागि ठुलो अवसर हुने क्यानले जनाएको छ । 

नेपालले अक्टोबरमा आइसिसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया पेसिफिक छनोट खेल्दै छ । छनोट खेलअघि नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि ऐतिहासिक टी–२०आई शृंखला खेल्दै छ ।