१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज राष्ट्रिय सभाको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५५:oo

राष्ट्रिय सभाको बैठक आज अपराह्न १२:१५ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ। आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि छलफल हुनेछ । 

 त्यस्तै, ११ वटा मन्त्रालयको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘नागरिकता विधेयक–२०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन् । 

त्यस्तै, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरिनेछ । सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे सदनलाई जानकारी दिने संसद् सचिवालयले जनाएको छ ।