
बढी मूल्य लिएको आरोपमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुई पसललाई जरिवाना तिराएको छ। मंगलबार अनुगमनको क्रममा इजी ट्रेडलाई दुई लाख ६० हजार तथा एयरपोर्ट टी कफी कन्फेसनरीलाई दुई लाख पाँच हजार जरिवाना तिराइएको छ।
त्यस्तै, विमानस्थलस्थित सोल्टी होटेललगायतलाई तीन दिनभित्र कागजपत्रसहित विभागमा उपस्थित हुन भनिएको विभागका महानिर्देशक कुमार दाहालले बताए।
विभागले मंगलबार नै ललितपुरको मनमय इन्टरप्राइजेजलाई पनि दुई लाख ८० हजार रुपैयाँ जरिवाना तिराएको छ।