१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
२o८२ असार १६ सोमबार १o:४o:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

तेहरानको एउटै जेलमा  ७१ जना मारिएको पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार १o:४o:oo

इरान र इजरायलबिच यसै महिना १२ दिनसम्म चलेको युद्धका क्रममा तेहरानको इभिन कारागारमा ७१ जनाको मृत्यु भएको पुष्टि भएको छ । इजरायली आक्रमणमा उनीहरूको मृत्यु भएको हो ।

तेहरानको उत्तरमा रहेको इभिनमा गत सोमबार भएको आक्रमणमा प्रशासनिक भवनको केही भाग ध्वस्त पारेको थियो । उक्त जेलमा राजनीतिक बन्दी र विदेशी नागरिक रहेको अधिकारवादी समूहले बताएका छन् । ‘इभिन कारागारमा भएको हमलामा ७१ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ इरान सरकारद्वारा गराइएको औपचारिक जानकारीमा भनिएको छ । 

इजरायलले जुन १३ मा सुरु गरेको बमबारी अभियानबाट प्रभावितमध्ये एक स्थान इभिन जेल रहेको न्यायपालिकाका प्रवक्ता असगर जहाँगिरले बताए । जहाँगिरका अनुसार इभिनमा मारिएकाहरूमा प्रशासनिक कर्मचारी, गार्ड, कैदी र भेट्न आएका आफन्तका साथै जेलनजिक बस्ने केही व्यक्ति पनि थिए । न्यायपालिकाले सार्वजनिक गरेको तस्बिरमा भवनको पर्खाल र छाना भत्किएको देख्न सकिन्छ । इभिनको मेडिकल सेन्टर र भिजिटिङ रुमलाई निसाना बनाइएको अदालतले बताएको छ ।

आक्रमणको भोलिपल्ट इरानी जेल प्रशासनले इभिन जेलबाट पहिचान नै नगरी कैदीलाई बाहिर स्थानान्तरण गरेको बताएको थियो । इभिनमा नोबेल शान्ति पुरस्कार विजेता नार्गेस मोहम्मदी, केही फ्रान्सेली नागरिक र अन्य विदेशी नागरिक छन् ।