
बागमती प्रदेश सभाको १ बजेका लागि बोलाइएको बैठक सरेको छ। प्रदेश सरकारले गत १ गते ल्याएको बजेटमाथि छलफल गर्न बोलाइएको प्रदेश सभा बैठक आजै ४ बाजेका लागि सारिएको हो।
बजेटमाथिको छलफलका लागि आह्वान गरिएको बैठक बस्न सक्ने अवस्था नरहेपछि सरिएको हो। यसअघि असार १२ गते बिहीबार बिहान ११ बजेका लागि तय गरिएको बैठक पनि दलहरूबिच सहमति जुट्न नसकेपछि स्थगित गरिएको थियो।