१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १६ सोमबार o९:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पोखराले गर्‍यो सात खेलाडी रिटेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार o९:५६:oo

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल )का लागि पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ । पोखराले यो सिजनका लागि कुशलसहित न्युजिल्यान्डको घरेलु क्रिकेट खेल्ने दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, विपिन खत्री, त्रितराज दास र आकाश चन्दलाई रिटेन गरेको हो ।

पहिलो संस्करणमा पोखरा आठ सहभागी टोलीमध्ये सातौँ स्थानमा रहेको थियो । पोखराले सात खेलमा दुई जित र पाँच हारको सामना गरी ४ अंक जोडेको थियो । पोखराले दोस्रो सिजनका लागि पाँच खेलाडीलाई रिलिज गरेको छ । नारायण जोशी, दिलीप नाथ, सुनाम गौतम, अमृत गुरुङ र सुदीप अर्याल टोलीबाट अलग भएका छन् । 

पहिलो सिजनमा पोखरा एनपिएलकै सर्वाधिक महँगो टोली थियो । पोखरा एभेन्जर्सका मालिक सुबोध त्रिपाठीका अनुसार दोस्रो सिजनलाई भव्य बनाउन टोलीमा चर्चित विदेशी क्रिकेटर ल्याउने तयारी भइरहेको बताएका छन् । ‘दोस्रो सिजनका लागि विश्वकै नाम चलेका क्रिकेटरसँग संवाद गरिरहेका छौँ ।

पोखरालाई बलियो बनाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘चर्चित खेलाडीको आगमनले एनपिएलको पनि गरिमा बढाउने विश्वास छ ।’ नेपाल क्रिकेट संघ (क्यान)को वार्षिक क्यालेन्डरमा दोस्रो संस्करणको एनपिएल नोभेम्बरमा हुने उल्लेख छ । यद्यपि, हालसम्म औपचारिक मिति सार्वजनिक गरिएको छैन ।