१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:oo:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सञ्चालनमा आयो ग्वार्को फ्लाई ओभर

देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दै छौँ : प्रधानमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:oo:oo

प्रधानमन्त्री केपी ओलीले काठमाडौं चक्रपथको कलंकी–कोटेश्वर खण्डको ग्वार्काे फ्लाई ओभर उद्घाटन गरेका छन् । नवनिर्मित फ्लाई ओभरमा नै आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । प्रधानमन्त्रीकै उपस्थितिमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपि नवराज अधिकारीले फ्लाई ओभरको रिवन काटेका थिए । 

इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा १७ करोड ६ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाई ओभर नेपालकै पहिलो हो । कुल पाँच सय मिटर अप्रोच सडक रहेको फ्लाई ओभरमा ३५ मिटर स्पानको चार लेन पुल निर्माण भएको छ । ग्वार्काे चोकको ट्राफिक जामलाई हटाउन ०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले यसप्रकारको पहिलो फ्लाई ओभर निर्माण भई उद्घाटन हुन खुसी भएको भन्दै अब ग्वार्काेमा सवारी जामको समस्या समाधान भएको बताए । उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले सबैको साथ रहने विश्वास व्यक्त गरे । ‘हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीनवटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खननको सुरुवात पनि मैले नै गरेको थिएँ । 

धौबादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ । ठुलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ ।’ 

कस्तो छ परियोजना ? 
फ्लाई ओभरको कुल लम्बाइ चार सय ९० मिटरको छ । त्यसमा पुललाई सडकसँग जोड्न बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो र्‍याम्प र सातोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको ‍र्‍याम्प रहेको छ । बिचमा बनाइएको सुपर स्ट्रक्चर (पुल) लम्बाइ भने ३५ मिटर लामो छ । सडकबाट फ्लाई ओभरको उचाइ ६ मिटरको हुनेछ । फ्लाई ओभर चार लेनमा बनाइ एको छ । निर्बाध रूपमा सवारीसाधन आवतजावत गर्न बिचमा डिभाइडर राखेर दुई–दुई लेन छुट्याइएको छ ।

चक्रपथको यो खण्ड हाल आठ लेनको छ । त्यसमा बिचको चार लेनको सडकलाई फ्लाई ओभरमार्फत माथि उठाइएको छ, जसमा चक्रपथमै आवतजावत गर्ने सवारीसाधन चल्नेछन् । मंगल बजार–इमाडोल–मंगलबार आवतजावत गर्ने सवारीसाधन भने फ्लाई ओभरमुनिबाट जानुपर्नेछ । साथै, मंगलबार र इमाडोलबाट चक्रपथको दायाँ–बायाँ र चक्रपथबाट मंगलबार र इमाडोलतर्फ जाने सवारीसाधनले पनि फ्लाई ओभरमुनिकै सडक प्रयोग गर्नुपर्नेछ । अब त्यहाँको ट्राफिक व्यवस्थापन सहज हुने विश्वास गरिएको छ ।