१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
Invalid date format १५:२५:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

हलगोरु पाल्ने किसानलाई आर्थिक सहयोग, फेदीखोलाले बाँड्यो १४ लाख ४५ हजार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:२५:oo

स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान दिएको छ। परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हलगोरु पाल्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए।

पछिल्लो समय गाउँगाउँमा गोरु पाल्न छाड्ने क्रम बढ्दै गएपछि हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरूप प्रतिहल रु. १० हजार अनुदान दिइएको हो।

गाउँपालिकाले पाँचवटै वडाबाट हलगोरुको तथ्यांक संकलन गरी प्रोत्साहन अनुदान प्रदान गरेको जनाएको छ। हलगोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत २२४ जना किसान समेटिएका छन्। कुल २९० हलगोरुका लागि रु. १४ लाख ४५ हजार अनुदान वितरण गरिएको उनले बताए। यो कार्यक्रममार्फत आर्थिक, सामाजिक, पर्यावरणीय र सांस्कृतिक महत्त्वलाई जोगाइराख्नका लागि टेवा पुग्ने गाउँपालिकाको अपेक्षा छ।

यान्त्रिक प्रविधिहरूको प्रयोगबाट हुने जोताइको सट्टा वातावरणमैत्री विधिको प्रोत्साहनमा जोड दिएको हो। ‘पछिल्लो समय गोरु पाल्ने चलन हराउँदै गएको छ, हाम्रो परम्परा मेटिँदै गएको छ,’ अध्यक्ष सुवेदीले भने, ‘एकातिर हाम्रो परम्पराको संरक्षण हुने र अर्कोतर्फ जैविक मल घरमै उत्पादन गर्न सकिने भएकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदान उपलब्ध गराएका हौँ।’

यो कार्यक्रममा गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत लागत साझेदारी रहेको फेदीखोला गाउँपालिका पशुपक्षी विकास उपशाखाका प्रमुख भगवानदेव यादवले बताए।

गाउँपालिकाले हलगोरु पालेका किसानलाई प्रोत्साहन अनुदान दिनेसम्बन्धी सूचना सार्वजनिक गरेपछि वडावडाबाट निवेदन संकलन भएको थियो। संकलन भएका निवेदनहरूउपर जनप्रतिनिधि तथा कर्मचारीहरू घरघरमै पुगेर अनुगमनपश्चात् प्रमाणित भएपछि सम्बन्धित किसानको बैंकखातामा रकम जम्मा गरिदिने भएको उनले बताए।

‘एउटै किसानले पालेको एक हल गोरु अथवा दुईजना किसानको मिलाएर एक हल गोरु बनाइएको रहेछ भने पनि पालिकाले प्रोत्साहनस्वरूप ७५ प्रतिशत अनुदान दिन्छ,’ उनले भने, ‘गोरु पाल्ने किसानको सबै तथ्यांक संकलन गरी प्रक्रिया पूरा भइसकेको छ।’