
सन् १७८९ : तत्कालीन फ्रान्सेली संसद् (स्टेट्स जनरल)को तेस्रो खण्डका सदस्यले भर्साय दरबारको टेनिस कोर्टमा भेला भएर संविधान नबनेसम्म संसद् भंग हुन निदिने भन्दै शपथ खाए । यसपछि घटनाक्रम अघि बढ्दै जाँदा फ्रान्सेली क्रान्ति सुरु भयो ।
सन् १७०७ : मुगल सम्राट् औरङजेबको मृत्युपछि उनका दुई छोरा बहादुर शाह र अजाम शाहबिच शासनका लागि जजाऊमा युद्ध सुरु भयो, जसमा अजाम शाह मारिए ।
सन् १७८२ : अमेरिकी संसद्ले बाजअंकित निसान छापलाई राष्ट्रि प्रतीकका रूपमा स्वीकार गर्यो ।
सन् १७९१ : फ्रान्सका राजा लुई सोह्रौँ र उनका शाही परिवार लुकेर क्रान्तिकारी हाबी रहेको पेरिसबाट भाग्ने प्रयास गर्दा पक्राउ परे । यस घटनाले आमजनतामा राजाको प्रतिष्ठामा ठुलो धक्का लाग्यो र लगत्तै गणतन्त्रको माग बढ्न थाल्यो ।
सन् १८३७ : बेलायती महारानी भिक्टोरियाले १८ वर्षको उमेरमा राज्यारोहण गरिन् । उनको शासनकाल ६३ वर्ष लामो रह्यो ।
सन् १८९८ : स्पेनिस–अमेरिका युद्धका क्रममा अमेरिकी नौसेनाले प्रशान्त महासागरमा रहेको गुआम टापु कब्जामा लियो । यो टापु सन् १६६८ देखि स्पेनको कब्जामा थियो ।
सन् १९६० : माली महासंघ फ्रान्सबाट स्वतन्त्र भयो । माली महासंघ आजको सेनेगल र मालीमा विभाजित भयो ।
सन् १९६३ : शीतयुद्धको तनावबिच दुई महाशक्तिबिच कुनै अप्रत्यासित घटना नहोस् भनेर अमेरिका र सोभियत संघले दुई देशका सरकारबिच सीधा सञ्चार सम्पर्क (हट लाइन) स्थापना गर्ने सहमति गरे ।
सन् १९६७ : हेभिवेट बक्सिङ च्याम्पियन मुहम्मद अलीलाई भियतनाम युद्धका क्रममा सेनामा भर्ती हुन अस्वीकार गरेको आरोपमा पाँच वर्षको जेल, बक्सिङमा प्रतिबन्ध र दश हजार डलर जरिवाना तोकियो । यो सजाय चार वर्षपछि सर्वोच्च अदालतले उल्ट्याएको थियो ।
सन् १९८१ : तत्कालीन राष्ट्रपति अबोलहस्सन बानिसादर महाभियोगबाट हटाइएप्छि इरानमा नवगठित इस्लामिक शासनविरुद्ध मुजाहिद्दिन–इ–खल्क (एमइके)ले विद्रोहको प्रयास गर्यो । रिभोलुस्नरी गार्डले तिनको हिंसात्मक दमन गर्यो ।