१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 20 June, 2025
Invalid date format o९:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२८:oo

सल्यान र दाङ जिल्लाको सिमाना चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत कपुरकोट–दाङ सडकखण्डको कपुरकोट गाउँपालिका– ३ चोरखोलामा अविरल वर्षासँगै आएको पहिराले राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । 

गएराति झन्डै १० बजेदेखि पहिरो झर्ने क्रममा नरोकिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिए। शुक्रबार बिहान ६ बजेदेखि बाटो खोल्ने कार्य जारी रहे तापनि वर्षाका कारण पहिरो झरिरहेकाले समस्या भएको उनको भनाइ छ। पहिरो रोकिएमा झरेको पहिरो हटाएर सडक सञ्चालन गर्दा दुई–तीन घण्टा लाग्ने उनको भनाइ छ। सडक विभागको मेसिनले पहिरो हटाउने कार्य भइरहेको पुनले बताए । 

चोरखोलामा निरन्तरको पहिरोले राजमार्ग पटकपटक अवरुद्ध हुँदै आइरहेको छ। गएरातिदेखि पहिरो झर्दा लामो तथा छोटो दूरीका यातायातका साधन बिचबाटोमै अलपत्र परेका छन् ।