
धनकुटामा एक महिलाको आफ्नै घरको दोस्रो तलाको बरन्डाबाट तल खसेर मृत्यु भएको छ। धनकुटा नगरपालिका– १०, उत्तरपानीकी ५० वर्षीया प्रमिला राई घिसिङको आफ्नै घरको दोस्रो तलाको बरन्डाबाट तल खसेर आज बिहान अन्दाजी ६ बजे घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली घटनास्थलतर्फ गएको र कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई धनकुटा अस्पताल ल्याउने क्रममा रहेको प्रहरीले बताएको छ। घटनाको विषयमा थप अनुसन्धान अगाडि बढाएको पनि प्रहरीले बताएको छ ।