१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठको रिट खारेज, प्रकाशित समाचार हटाउन नपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१८:oo

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपालखबर र बिजमाण्डूविरुद्ध दायर गरेको निषेधाज्ञा रिट खारेज भएको छ। बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्यामविहारी मौर्यको इजलासले उक्त रिट खारेज गरिदिएको हो।

श्रेष्ठले बिचौलियामार्फत घुस मागेको दाबीसहित नेपालखबर र बिजमाण्डूमा समाचार प्रकाशित भएपछि श्रेष्ठले २६ जेठमा रिट दर्ता गरेका थिए।

न्यायाधीश पीताम्बर शर्माको इजलासले समाचार हटाउन र थप नलेख्न अल्पकालीन अन्तरिम आदेश दिँदै छलफलका लागि बोलाएको थियो। बिहीबार न्यायाधीश मौर्यको इजलासले उक्त रिट खारेज गरिदिएको हो।

रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डूले श्रेष्ठका विषयमा प्रकाशित समाचार सामग्रीहरू हटाउने आदेश पनि स्वत: खारेज भएकाे हाे।