१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 19 June, 2025
Invalid date format o९:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिँजालाई  पोषणमैत्री पालिका घोषणा गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:५o:oo

जुम्लाको सिँजा गाउँपालिकाभित्रका ६ स्वास्थ्य संस्था पोषणमैत्री घोषणा भएका छन्। गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार पोषणका आधारभूत सूचक पारभएपछि पालिकाभित्रका स्वास्थ्य संस्था पोषणमैत्री संस्था घोषणा गरिएको छ ।

उनले भने, ‘सिंजा– ३ मा रहेको नराकोट स्वास्थ्यचौकी, वडा नं. १ मा रहेको धापा स्वास्थ्य चौकी, वडा नं. ५ स्थिति शनिगाउँस्थित स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएको छ। यसैगरी, आधारभूत स्वास्थ्य केन्द्र वडा नं. २ को विष्टबाडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नं ४ को देवीडाँडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नं. ६ मा रहेको स्वास्थ्यचौकी समेत पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।’

यही असार ९ गते गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणा गरिने कार्यक्रम तय भएको छ। यसका साथै पोषण प्रदर्शनी मेला गरिनेछ। यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समयदेखि स्वास्थ्य संस्थालाई सहयोग गरेको सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।